Gorkhalis Abroad
अञ्जिलालाई हङकङमा सम्मानसहित रकम हस्तान्तरण
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी नियमित कप्तान तथा अनुभवी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बालाई हङकङमा सम्मानसहित नगद हस्तान्तरण गरिएको छ ।
अञ्जिला घर निर्माण परिवार हङकङले उनलाई एक कार्यक्रमका बीच सम्मान गरी ४८ लाख ३४ हजार बराबर नगद हस्तान्तरण गरिएको हो । अञ्जिलाले प्राप्त गरेको रकम उनको निर्माणमा खर्च गरिने बताइएको छ ।
स्मरण रहोस, उक्त रकम उनको बायोपिक ¯अञ्जिला’ चलचित्र प्रदर्शनबाट संकलित रकम र हङकङमा रहेका शुभेच्छुकहरुबाट संकलित समेत हो ।
सम्मानसँगै रकम प्राप्त गरेकी अञ्जिलाले आफ्नो सामाजिक सञ्जालमार्फत तस्विरसहित लामो स्टाटस पोष्ट गर्दै सबैलाई धन्यवाद समेत दिएकी छिन् ।
अञ्जिलाले पोष्ट गरेको स्टाटस जस्ताको त्यस्तैः
हार्दिक धन्यवाद एवं आभार! 

आदरणीय आमा, बुबा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र तथा सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक सेवारो, नमस्ते! 
एउटा खेलाडीका रूपमा मैदानमा देश र खेलको नाम उच्च राख्ने मेरो प्रयास सधैँ रहिरह्यो। तर, खेल जीवनसँगै व्यक्तिगत जीवनमा आफ्नै एउटा सानो घर बनाउने मेरो सानो सपनालाई साकार पार्न यहाँहरूले जुन ठूलो सहयोग र हौसला दिनुभयो, त्यसका लागि म शब्दमा आभार व्यक्त गर्न सक्दिनँ।
खासगरी हङकङमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, खेलप्रेमी मित्रहरू, इष्टमित्र तथा सम्पूर्ण सहयोगी हातहरू जसले मलाई एउटा खेलाडी मात्र नमानी आफ्नै परिवारको सदस्य सम्झेर आर्थिक र भैतिक रूपमा साथ दिनुभयो,यहाँहरू सबैप्रति म सधैँ ऋणी रहनेछु।
यहाँहरूको यो साथ र विश्वासले मेरो घरको जग मात्र ठडिएको छैन, मेरो मझेरीमा सपना र आशाको नयाँ उज्यालो छाएको छ। मैदानभित्र होस् या मैदानबाहिर, यहाँहरूले दिनुभएको यो माया र विश्वासलाई म सधैँ सम्मान गर्नेछु।
यो अभियानलाई सफल बनाउन अहोरात्र खट्नुहुने तथा विशेष सहयोग पुर्याउनुहुने सम्पूर्ण परिवार समूह र कार्यसमितिलाई लगायत अभिभावक सल्लाहकारज्यूहरू लाई मुरी-मुरी धन्यवाद व्यक्त गर्दछु । 


विशेष धन्यवाद:
अध्यक्ष: रबिन कुमार नाल्बो
उपाध्यक्ष: शेर बहादुर लक्सम्बा
उपाध्यक्ष: भिम प्रसाद तुम्बाङ्फे
कोषाध्यक्ष: श्याम इङ्नाम
सहकोषाध्यक्ष: शान्ता वनेम
सचिव: हाङ चेम्जोङ
सह-सचिव: राधिका बखिम
सदस्यहरू:
१. राम कुमारी हाङ्च्रोङ
२. मौसम इम्बुङ
३. निर प्रसाद तुम्बापो
४. भबेन्द्र थाम्सुहाङ
५. कुमार हुक्पाचोङबाङ
६. कमला थाम्देन
७. आरती मादेन
८. हाङबारे आङबुहाङ
९. पुर्णिमा राई
सल्लाहकारहरू:
१. त्रिभुवन लुङ्फुङ्भ
२. शम्शेर तुम्बाहाङ्फे
३. हेमराज अङ्छङ्बो
४. बिष्णु कुमार थेबे
५. भुपेन्द्र चेम्जोङ
Post Comments