News फेयर एफसी उपाधि नजिक
गोलनेपाल

इटहरी । फेयर फुटबल क्लब, सुनसरी गृहजिल्लामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा फेयरले सृजनशील महिला फुटबल क्लब, तेह्रथुमलाई २–१ को रोमाञ्चक अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

फेयरको जितमा प्रजिता राई र पुजा रसाईलीले गरे । उता सृजनशीलका लागि भने सजिना साङ्गतामले गोल फर्काएकी थिईन । खेलमा फेयरकी प्रजिता राई प्लेयर अफ द म्याच बनिन् ।

प्रतियोगिता अन्तर्गत असार १८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आत्मा पवित्र एससी, इलाम र इटहरी फुटबल क्लब, सुनसरीबीच हुनेछ ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार २० गतेका दिन हुनेछ ।

 

Post Comments