News फराकिलो जितका साथ ऋषेश्वरलाई पाचौं थाहा गोल्डकपको उपाधि
गोलनेपाल

पालुङ । फराकिलो जित निकाल्दै यहाँ सम्पन्न पाँचौं थाहा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि ऋषेश्वर ११ फुटबल क्लबले जितेको छ । फाइनलमा चित्लाङ्ग फुटबल क्लबलाई शून्यका विरुद्ध ७ गोलको फराकिलो अन्तरले हराउँदै ऋषेश्वर च्याम्पियन बनेको हो ।

ऋषेश्वरको जितमा रिचार्ड विल्सन र सुनिल तामाङले समान दुई–दुई गोल गरे भने अमित तामाङ र सन्जोक महर्जनले थप एक–एक गोल गरे । त्यस्तै अर्को एक गोल भने विपक्षीका सकल रेग्मीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

विजेता बनेको ऋषेश्वरले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता चित्लाङले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । ऋषेश्वरका अमित तामाङ फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

थाहा नगरपालिका नगर खेलकुद विकास समिति, मकवानपुरको आयोजना तथा शिखर क्लब, शिखरकोटको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक ऋषेश्वरका नबिन सिलवाल बन्दा उत्कृष्ट डिफेन्डर पनि ऋषेश्वर कै अमित तामाङ बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भनेऋषेश्वर कै प्रदिप गुरुङ्ग घोषित भए ।

Post Comments