News जालपा युथ सेमिफाइनलमा प्रवेश
गोलनेपाल

इटहरी । जालपा युथ क्लब, तेह्रथुम यहाँ जारी तेस्रो अजय बिजय स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो क्वाटरफाइनलतर्फ जालपाले राजाबास युथ क्लब, सुनसरीलाई ३–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । जालपाको जितमा निशान लिम्बुले दुई गोल गरे भने प्रवेश बस्नेतले एक गोल गरे । उता राजाबासका लागि अनिश लिम्बुले एक मात्र गोल फर्काए ।

खेलमा जालपाका निशान लिम्बु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ १५ गतेको चौथो क्वाटरफाइनल खेल हिमालय युनाइटेड फुटबल क्लब, मोरङ्ग र आयोजक संकल्प युवा क्लब, सुनसरी बीच हुनेछ ।

संकल्प युवा क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १९ गतेका दिन हुनेछ ।

Post Comments