International
कनकाफ गोल्डकपः पनामा र ग्वाटेमालाको जित

काठमाडौं (एजेन्सी) । अमेरिका र क्यानडामा संयुक्त रुपमा जारी प्रतिष्ठित १८औं कनकाफ गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिातर्फ समूह सी मा पनामा र ग्वाटेमालाले विजयी शुरुवात गरेका छन् ।
समूह चरणको पहिलो खेलमा पनामाले ग्वाडलुपमाथि ५–२ को जित निकाल्यो भने सोही समूहमा रहेको ग्वाटेमालाले जमैकालाई १–० ले स्तब्ध तुल्यायो ।
महत्वपूर्ण तीन–तीन अंक जोडेको पनामा र ग्वाटेमाला समूहको शिर्ष दुई स्थानमा उभिएका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली नै नकआउट चरणमा प्रवेश गर्नेछन् ।
समूह चरणको दोस्रो खेलमा आउँदो जुन २० तारीखका दिन जमैकाले ग्वाडलुपसँग खेल्नेछ भने सोही दिन अर्को खेलमा पनामा र ग्वाटेमाला आमने सामने हुनेछन् ।
Post Comments