धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण
गोलनेपाल

धरान । अखिल नेपाल फुटबल संघ (एन्फा) मातहत मै रहेर सञ्चालित धरान एन्फा एकेडेमीलाई विभिन्न खेल सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

सुनसरी जिल्ला फुटबल संघको व्यवस्थापन रहेको धरान स्थित एकेडेमीलाई एन्फाले आफ्नो वार्षिक कार्यक्रम अनुसार नै दोस्रो चरणवापतको एकेडेमीलाई आवश्यक पर्ने खेल सामाग्री हस्तान्तरण गरेको हो ।

एकेडेमीमा प्रशिक्षार्थी खेलाडीहरुलाई कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले एक कार्यक्रमका बीच खेल सामाग्रीहरु हस्तान्तरण गरेका थिए । साथै अध्यक्ष राईले खेलाडीहरुलाई अनुशासनमा रहेर राम्रो खेलाडी बन्न हौसला समेत दिए ।

स्मरण रहोस, एन्फाले आफू मातहत रहेको जिल्ला बाहिर रुपन्देहीको बुटवल एन्फा एकेडेमी र सुनसरीको धरान एन्फा एकेडेमीमा शिक्षा, खाना, आवाससहितको फुटबल प्रशिक्षण दिनेगरी छात्रहरुको एन्फा एकेडेमी सञ्चालन गरिरहेको छ ।

Post Comments