News फिफा क्लब विश्वकपः पिएसजीको उत्कृष्ट जित, पोर्टो रोकियो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अमेरिकामा जारी फिफा क्लब विश्वकपतर्फ युरोपियन क्लब च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नो समूहको पहिलो खेलमा उत्कृष्ट जित हात पारेको छ ।

समूह बी मा रहेको पिएसजीले स्पेनिस क्लब एटलेटिको मेड्रिडलाई ४–० को अन्तरले हरायो । सोही समूहमा रहेको ब्राजिलियन क्लब बोटाफोगोले अमेरिकी प्रतिद्वन्द्वी सिटल साउन्डर्स एफसीलाई २–१ ले पराजित गर्यो ।

अब १९ जुनका दिन हुने समूह चरणको दोस्रो खेलमा सिटल साउन्डर्सले एटलेटिको मेड्रिडको सामना गर्नेछ भने सोही दिन पिएसजीले बोटाफोगोसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै समूह ए तर्फ भएको एक मात्र खेलमा अर्को ब्राजिलियन कलब पाल्मिराजले पोर्चगिज जायन्ट एफसी पोर्टोसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । स्मरण रहोस, समूह ए तफकै उद्घाटन खेलमा यसअघि इन्टर मियामी र अल अहलीले पनि गोलरहित बराबरी खेलेका थिए ।

अब समूह ए तर्फको दोस्रो खेलमा जुन १९ तारीखका दिन पाल्मिराजले अल अहलीको सामना गर्नेछ भने सोही दिन पोर्टोले इन्टर मियासँग भिड्नेछ ।

प्रतियोगितामा सहभागि कुल ३२ टोलीहरुलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछ । फाइनल खेल जुलाई १३ तारीखका दिन हुनेछ ।

Post Comments