News
नेपाल आइपुगिन रेखा
काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल राष्ट्रिय टोलीमा सामेल हुन स्वदेश फर्किएकी छिन ।
केही दिन अघि मात्र अबुधाबी कन्ट्री क्लबका लागि युएईको शिर्ष महिला लिग फुटबल प्रतियोगिताको उपाधी जितेकी रेखा सोमबार स्वदेश फर्किएकी हुन ।
रेखा अब राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा सामेल हुनेछिन । स्मरण रहोस, नेपाली महिला फुटबल टोली हाल एएफसी महिला एसियन कप छनौट प्रतियोगिताको तयारीमा व्यस्त छ ।
एएफसी महिला एसियन कप छनौटतर्फ नेपालले आयोजल उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश