News
स्व. लालशेरी राई स्मृति २४औं मेयर कपः वार्ड नम्बर ६ र वार्ड नम्बर १३ को जित

गाईघाट । वार्ड नम्बर ६ र वार्ड नम्बर १३ यहाँ जारी स्व. लालशेरी राई स्मृति २४औं मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
वार्ड नम्बर ६ ले वार्ड नम्बर ९ लाई पेनाल्टी शुटआउटमा ३–० ले हरायो । खेलमा वार्ड नम्बर ६ का सुजन परियार म्यान अफ दि म्याच घोषित भए ।
अर्को खेलमा वार्ड नम्बर १३ ले वार्ड नम्बर ५ लाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । खेलमा वार्ड नम्बर ५ का पबिन राई म्यान अफ दि म्याच घोषित भए ।
उदयपुर जिल्ला फुटबल संघको आयोजना तथा त्रियुगा नगरपालिका, गाईघाटको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १७ गतेका दिन हुनेछ ।
Post Comments