
भरतपुर । तेस्रो पीएफसी इमर्जिङ कपको फाईनलमा अमर माध्यमिक विद्यालय र नारायणी नमुना माध्यमिक विद्यालयले उपाधिका लागि भिड्ने भएका छन् ।
फाइनल खेल माघ १२ गते शनिबार हुनेछ । पटिहानी फुटबल क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको उपाधिसहित नगद १० हजार र ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दियो ।
शिक्षासँग खेलकुद जोड्ने उद्देश्यका साथ नयाँ खेलाडीहरूको पहिचान गर्न पीएफसी इमर्जिङ कप आयोजना हुदैँ आएको छ। पटिहानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ ।
यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस अघिका इमर्जिङ कपका संस्करणहरू निकै उपलब्धिमूलक भएकाले यसको निरन्तरता गरिएको क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए । प्रतियोगिताको प्रवद्र्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन ।