News पाँचौं इटहरी भेट्रान गोल्डकपः पुर्वेली भेट्रान सेमिफाइनलमा
गोलनेपाल

इटहरी । शनिबारदेखि शुरु भएको पाँचौं इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पुर्वेली भेट्रान क्लब, झापाले विजयी शुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

उद्घाटन खेलमा पुर्वेली भेट्रानले हाम्रो धरान भेट्रान क्लब, सुनसरीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवातका साथै अन्तिम चारमा प्रवेश गरेको हो ।

पुर्वेली भेट्रानको जितमा नगेन्द्र लिम्बु र प्रेम कुमार लिम्बुले गोल गरे । खेलको म्यान अफ द म्याच पुर्वेली भेट्रानका नरेन्द्र लिम्बु घोषित भए । प्रतियोगिता अन्तर्गत माघ ६ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक हाम्रो इटहरी भेट्रान क्लब, सुनसरी र सिमरा भेट्रान क्लब, बाराबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी लगायतका अतिथीहरुले संयुक्त उपस्थितिमा गरेका थिए ।

हाम्रो इटहरी भेट्रान क्लब, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १२ गतेका दिन हुनेछ ।

Post Comments