News
बागमतीसँग रोकियो पुलिस
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले तुलनात्मक रुपमा कमजोर आँकिएको बागमती युवा क्लबसँग बराबरी खेलेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले बागमतीसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो । यो बराबरी नतिजाले पुलिसको सिधै क्वालिफयर वान खेल्ने सम्भावना कठिन बनेको छ ।
यो नतिजापछि पुलिसको खातामा ७ खेलबाट ११ अंक छ । उता बागमतीको खातामा भने ६ खेलबाट ४ अंक छ र लिगको प्ले अफ खेल्ने सम्भावना पनि बलियो बनाएको छ । शिर्ष स्थानमा भने शतप्रतिशत जितसहित १८ अंकका साथ एपिएफ रहेको छ । अंकविहीन वालिङ पुछार मै छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश