लम्कीचुहा । समानता युवा क्लबको आयोजनामा लम्कीचुहा नगरपालिका वडा नम्बर - ४ अम्मरपुर कैलालीमा जारी तेस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल सम्पन्न भएको छ।
घरेलु टोली समानता युवा क्लब आयोजकलाई १-० गोल अन्तरले पराजित गरि चुलीमालिका युवा क्लब कैलाली अन्तिम चारमा प्रवेश गरेको हो। चुलीमालिकाको जितमा शिशिर मगरले पहिलो हाफको अतिरिक्त समयमा गरेको शानदार गोलनै पर्याप्त रह्यो। निर्णायक गोल गरेका शिशिर उक्त खेलको म्यान अफ द म्याच घोषित हुदै नगद रु.१००० रुपैयाँसहित आकर्षक ट्रफि प्राप्त गरेका छन।
शुक्रबार प्रतियोगिताका सम्पुर्ण क्वार्टरफाइनल खेलहरु सम्पन्न हुनेछन्। घोडाघोडी युथ क्लब र रिभरसाईड कर्णाली बिहानको ठिक १० बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्नेछन् त्यसैगरी न्यु ज्योति युवा क्लब र बोइज युनियन लम्की दिनको ठिक १ बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्दा हिमालय युवा क्लब र ड्रिमर्स बेलुका ३ बजे प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।