News प्रथम सदाबहार मेघौली गोल्डकप: बसन्तपुर युनाइटेड क्लब फाइनलमा
गोलनेपाल

मेघौली । प्रथम सदाबहार मेघौली गोल्डकपको दोस्रो सेमिफाइनलमा अभिषेक चर्च राजहरलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै बसन्तपुर युनाइटेड क्लब, माडी फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। अभिषेक चर्चका सुजित बुढाथोकीले ३९औँ मिनेटमा गोल गरे भने बसन्तपुरका समीर श्रेष्ठले ६४औँ मिनेटमा बराबरी गोल फर्काए। खेलमा बसन्तपुरका समीर श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए।

अब उपाधिका लागि मंसिर २१ गते भरतपुर–१८ र बसन्तपुर युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ।

 

Post Comments