
बुइपा । संघर्षपुर्ण जितका साथ भोजपुर यहाँ जारी कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । शनिबार भएको तेस्रो क्वाटरफाइनलमा भोजपुरले मोरङलाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ भोजपुरका लागि अनिषा राईले गोल गरेकी थिईन् भने मोरङका लागि झुमा पोर्टेलले गोल गरेकी थिईन् । टाईब्रेकरमा भने भोजपुरले नतिजा आफ्नो पक्षमा पार्यो ।
खेलमा भोजपुरकी निमा राई प्लेयर अफ द म्याच घोषित भईन् । त्यसवापत उनले नगद २ हजार र मेडल हात पारिन् ।
त्यस्तै शनिबार नै भएको तेह्रथुम र झापा बीचको चौथो क्वाटरफाइनल खेल खराब प्रकाशका कारण दोस्रो हाफको खेल सकिन २० मिनट बाँकी रहँदा स्थगित गरिएको छ । साथै स्थगित भएको खेल आइतबार बिहान खेलाइने पनि आयोजकले जानकारी दियो ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, बिराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति, खोटाङको संयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार २५ गतेका दिन हुनेछ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)