News होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । होराइजन इङलिस बोर्डिङ स्कुल, सुनगाभा सेकेण्डरी स्कुल, ग्यालेक्सी स्कुल र कान्ति रुपन्देहीमा जारी एसियन पेन्टस च्याम्पियन्स कप यु–१८ अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा बिहीबार सम्पन्न पहिलो क्वाटरफाइनलमा होराइजनले बुटवल पब्लिक स्कुललाई ६–१ को फराकिलो अन्तरले हरायो ।

दोस्रो क्वाटरफाइनलमा सुनगाभाले कुँवरवर्ती स्कुललाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यस्तै तेस्रो क्वाटरफाइनलमा ग्यालेक्सीले नोबल एकेडेमीलाई २–१ ले पराजित गर्दा चौथो क्वाटरफाइनलमा कान्तिले नयाँगाउँ माविलाई २–० ले पराजित गर्यो ।

प्रतियोगिता अन्तर्गत भाद्र २६ गते दुई सेमिफाइनल खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा सुनगाभा स्कुलले कान्ति माविसँग खेल्नेछ भने होराइजनले ग्यालेक्सी स्कुलको सामना गर्नेछ ।

हिमालयन डायलग प्रा।लि। को आयोजना तथा रुपन्देही जिल्ला फुटबल संघको व्यवस्थापन र संयोजनमा जारी प्रतियोगिताको विजेताले लुम्बिनी प्रदेशको छात्रा फुटबल टोलीको प्रतिनिधित्व गर्दै काठमाडौंमा हुने अन्तिम चरणको निर्णायक प्रतियोगिता खेल्नेछ ।

Post Comments