संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा आयोजित ऐतिहासिक मदन मेला २०८१ को पुरुषतर्फको फुटबल प्रतियोगितामा छथर जोरपाटी धनकुटा च्याम्पियन बनेको छ ।
आज भएको फाइनल खेलमा फोम्बो अवाजुङ कल्याणकारी समाज खाम्लालुङलाई सडनडेथमा पराजित गर्दै पाहुना टोली धनकुटाले उपाधि रक्षा गरेको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित समयमा गोलरहित बराबरी खेलेका थिए ।
निर्णय लिनका लागि रोजिएको टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडनडेथमा धकेलिएको थियो । जसमा ८-८ प्रहार भएको थियो । फोम्बो समाजविरुद्ध ६-५ गोलअन्तरमा धनकुटा च्याम्पियन बनेको हो ।
उपाधिसँगै धनकुटाले नगद २ लाख र रनिङ शिल्ड प्राप्त गर्यो । खेलको सर्वाधिक गोलकर्ता फोम्बो समाजका सुशिल लिम्बू भए । उत्कृष्ट रक्षक धनकुटाका पुजन थापा, उत्कृष्ट गोलरक्षक धनकुटाकै प्रेम लिम्बू, बेस्ट फरवार्ड धनकुटाकै विशाल काफ्ले हुँदा फोम्बो समाजका अनुप सेन्दाङ सर्वोत्कृष्ट खेलाडी बने ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि