
मनहर्वा । करिब दशक पछि मनहर्वा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही माघ १३ गतेदेखि हुने भएको छ । ९ वर्षदेखि हुन नसकेको प्रतियोगिता यसै वर्षदेखि सुचारु गरिएको आयोजकले जानकारी दियो ।
बडहर्वा खेलमैदानमा हुने प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएको पनि आयोजकले जनाएको छ । फाइनल खेल माघ २० गतेका दिन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
फेयर प्ले टिमले पनि नगद २५ हजार हात पार्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछ । त्यस्तै सर्वाधिक गोलकर्ताले १५ हजार हात पार्दा अन्य विधातर्फका सबैले जनही १०–१० हजार प्राप्त गर्नेछन ।
उत्कृष्ट प्रशिक्षक र स्थानीय खेलाडीलाई नगद ५–५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई २५०० प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।