News बिर्तामोड इलाम गोल्डकपको सेमिफाइलमा
रमेश समदर्शी

इलाम । झापाको बिर्तामोड युनाइटेड एफसी यहाँ जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ठुलो टुँडिखेलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ३-० गोलले पराजित गर्दै बिर्तामोडले सेमिफाइनलमा स्थान बनाएको हो । बिर्तामोडको जितमा हिसुब थपलियाले २ र प्रशान्त लक्समले थप गोल गरेका थिए ।

अफ्रिकन खेलाडीसहित मैदान उत्रिएको सुनसरीको टोलीलाई स्तब्ध पार्न बिर्तामोडका हिसुब थपलियाले खेलको ३५औँ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

खेलको ५१औँ मिनेटमा फेरि हिसुब थपलियाले नै आकर्षक गोल गरेर बिर्तामोडको अग्रता दोब्बर बनाएका हुन् । यसैगरी, ८६औँ मिनेटमा प्रशान्त लक्समले थप गोल गरेर टोलीको जित सुनिश्चित गरे ।

खेलको म्यान अफ दी म्याच बिर्तामोडका हिसुब थपलिया भए । उनलाई समर्पित सेक्युरिटीका प्रमुख विजय बस्नेतले नगद पाँच हजारसहित ट्रफी प्रदान गरे ।

 
Post Comments