News तेस्रो दोभान कपमा शुक्रबार तीन खेलहरु सम्पन्न
सुरज राना मगर

दोभान । पाल्पाको तिनाउ गाउँपालिका स्थित दोभानमा जारी तेस्रो दोभान कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार तीन खेलहरु सम्पन्न भएका छन् ।

दिनको पहिलो खेलमा मोहन एफसीले पाल्पाली ब्रदर्शमाथि ४–२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । खेलमा मोहन एफसीका अनुज गैरे प्लेयर अफ द म्याच चुनिए ।

दोस्रो खेलमा अर्गाचाप युथ क्लबले बाङ बाङ एफसीलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । खेलमा अर्गाचापका सुमित पुलामी प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै शुक्रबार नै हुने भनिएको तेस्रो खेलतर्फ डि–युनिटी क्लब मैदानमा उपस्थित नभएपछि पैठेडाँडा एफसीलाई वाकओभरमा विजयी घोषित गरिएको खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए ।

दोभान फुटबल क्लब, तिनाउ–२, दोभान, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए । फाइनल खेल यही कार्तिक १८ गतेका दिन हुनेछ ।

Post Comments