News
थापामाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान हुने
काठमाडौं । सहकर्मीमाथि निर्घात कुटपिट गरेका नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी रितेश थापामाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान हुने भएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दान बहादुर कार्कीले थापाबारे अनुसन्धान भईरहेको कुरा बाह्रखरीले खबर प्रकाशित गरेको छ ।
नेपाल प्रहरीका नायव निरीक्षक समेत रहेका रितेश थापाले गत साउन १० गतेका दिन नेपाल पुलिस क्लब कै नियमित खेलाडी भरत शाहमाथि निर्घात कुटपिट गरेका थिए । थापाको कुटपिटबाट गम्भिर रुपमा घाईते भएका साहको बिएण्डबी अस्पतालमा उपचार भएको थियो ।
साह नेपाल पुलिस क्लबका महत्वपूर्ण सदस्य हुने भने प्रहरी हवल्दारका रुपमा समेत कार्यरत छन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै