काठमाडौं । एसियन पेन्ट्स च्याम्पियन्स कप २०२६ अन्तर्गत काठमाडौं उपत्यकाव्यापी ब्वाइज फुटबल प्रतियोगिताको उपाधि मनकामना माध्यमिक विद्यालयले जितेको छ।
आज सम्पन्न फाइनल खेलमा मनकामना माध्यमिक विद्यालयले मन्सलु वर्ल्ड कलेजलाई १–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। मनकामनालाई उपाधि दिलाउने एकमात्र गोल सानिल मगरले गरेका थिए।
यसैगरी, गल्र्सतर्फ आज भएका खेलमा ल्याबोरेटरी माध्यमिक विद्यालयले ज्ञानमाला इङ्लिस हाई स्कुललाई २–१ गोलअन्तरले पराजित गरेको छ। ल्याबोरेटरीका लागि दिपा दाहालले दुई गोल गरिन् भने ज्ञानमालाका लागि रेजिना विश्वकर्माले एक गोल गरिन्।
अर्को खेलमा एभीएम स्कुलले इस्ट पोललाई ७–० गोलअन्तरले पराजित गरेको छ। एभीएमका लागि स्मृति चन्दले ह्याट्रिक गरिन् भने श्रेयुक्ता बन, आशिका उपाध्याय, अरुशी शर्मा र कृतिशा तामाङले एक–एक गोल गरे।
यस जितसँगै एभीएम स्कुल र ल्याबोरेटरी माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन्।