ANFA दल्का, तिलोत्तमा भेट्रान्स र लिस्नु एकेडेमी क्वाटरफाइनलमा
सुरज राना मगर

तुल्सीपुर । दल्का एफसी, तिलोत्तमा भेट्रान्स र लिस्नु एकेडेमी रुपन्देहीमा जारी चौथो डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

मंगलबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ दल्काले मडाहा एफसीलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान बनायो । खेलमा दल्काका बिकास थापा प्लेयर अफ द म्याच बने ।

त्यस्तै अर्को प्रिक्वाटरफाइनलमा तिलोत्तमा भेट्रान्सले योङ स्टार एफसीलाई १–० ले पराजित गर्यो । खेलमा तिलोत्तमा भेट्रान्सका बिनोद राना प्लेयर अफ द म्याच घोषित भए ।

त्यसैगरी मंगलबार नै भएको तेस्रो खेल र प्रिक्वाटरफाइनलमा लिस्नु एकेडेमीले सृजना यु–१७ लाई १–० ले पराजित गर्यो । खेलमा लिस्नु एकेडेमीका इन्द्र भण्डारी प्लेयर अफ द म्याच चुनिए ।

दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए । फाइनल खेल कार्तिक १६ गतेका दिन हुनेछ ।

 
Post Comments