
राष्ट्रिय टिमका कोच अब्दुल्लह अलमुतैरी नेपाली फ्यान्स सँग नजिक छन। उनी जहिले पनि फ्यान्स सँग नजिक रहन रुचाउछन। भन्छन, फ्यान्सले गर्दा नै फूटबल अगाडि बढ्छ।
केही दिन अगाडि गोलनेपालमा पोस्ट भएको फोटो देखे पछी कोच अलमुतैरीले मन थाम्न सकेनन र तुरुन्त फोटोमा भएका खेलाडीको खोजी सुरु गरे। कारण उनी ति खेलाडीलाई केही दिन चाहन्थे।
नितेश पूर्वछने मगर सिमरा, बारामा फूटबल ट्रेनिङ गर्छन्। तत्कालनै कोच अल मुतैरीले नितेशको लागी जर्सी सेट र निकै राम्रो फूटबल बूट उपहार स्वरुप प्रदान गरे।
"म विश्वाश नै गर्न सक्दिन। मलाई कोच अब्दुल्लह अलमुतैरीले जर्सी, फूटबल बूट पठाईदिनुभयो। बूट धेरै राम्रो छ। शायद धेरै महँगो पनि", नितेशले गोलनेपाल लाई भने।
"कोच अल्मुतैरीलाई म धेरै धन्यवाद दिन चाहन्छु। अब म झन मेहनत गर्नेछु", नितेशले थपे।
अलमुतैरी नेपाललाई साफ च्यम्पियनशिप जिताउन चाहन्छन। तेसको लागि उनले टिम ट्रेनिङ पनि सुरु गरी सके तर बाङ्लादेशले प्रतियोगिता गर्ने या नगर्ने दोधारमा छ। यदी प्रतियोगिता बाङ्लादेशमा भएन भने नेपाल या श्री लन्का मध्य एकले प्रतियोगिताको आयोजना गर्नेछ।
कोअच अल्मुतैरी भन्छन, "नेपाल साफ बिजेता बन्न सक्छ। यदी मैले सकिन भने म तुरुन्त टिमबाट बाहिर हुनेछु। तर मलाई विश्वाश छ हामी यो काम गर्न सक्छौ"।