
बुटवल । राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य तथा स्टार खेलाडी रोहित चन्दले रुपन्देही स्थित बुटवल एन्फा एकेडेमीको अवलोकन, प्रशिक्षार्थीहरुसँग भेटघाट गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मातहतमा रही रुपन्देही जिल्ला फुटबल संघको व्यवस्थापनमा सञ्चालित बुटवल, देवीनगर स्थित एन्फा एकेडेमीमा हाल एन्फाले देशैभरिबाट छनौट गरेको बाल खेलाडीहरु प्रशिक्षणरत छन् ।
सो अवसरमा रोहितले बुटवल एन्फा एकेडेमीमा प्रशिक्षण गरिरहेका युवा खेलाडीहरुसँग अन्तरक्रिया गर्नुका साथै फुटबल सम्बन्धी आफ्नो अनुभव शेयर गरेका थिए ।
सो अवसरमा एकेडेमीका निर्देशक बुद्धि बहादुर गुरुङ्गले एकेडेमीमा भईरहेको काम, कारवाही र भावी योजनाहरुबारे पनि रोहितसँग चर्चा गर्नुका साथै जानकारी गर्नुका साथै जानकारी थिए । सोही अवसरमा एकेडेमीका प्रशिक्षकद्वय पुकार गहतराज र दिलिप क्षेत्रीको उपस्थिति रहेको थियो ।