News
झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ

शिवसताक्षी । यसै वर्षको कार्तिक १५ गतेदेखी शिबसताक्षी नगरपालिकाको बिशेष सहयोगमा शिबसताक्षी नगरपालिका स्थित नव निर्मित दुधे रङगशालामा हुने झापा महिला गोल्डकपलाई स्थानीय निकायहरुले आर्थिक सहयोग गर्ने भएका छन् ।
महिला फुटबलमा झापाकै शानका रुपमा हेरिएको नेपालकै सर्बाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपलाई शिबसताक्षी नगरपालिका र वडाहरुबाट करिब २५ लाख रकम उत्साहका साथ बिनियोजन गरिने भएको छ ।
त्यसबाहेक देशविदेशमा रहेका सहयोगीदाताहरुबाट पनि प्रतियोगिता भव्य रुपमा सफल पार्न साथ, सहयोग रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिता आयोजना हुन प्रर्याप्त समय भए तापनि आयोजकले त्यसका लागि अहिलेबाटै आवश्यक गृहकार्य र तयारी शुरु गरेको समेत जनाएको छ ।
Post Comments