News
एलजीलाई गण्डकी प्रदेश लिगको उपाधि

पोखरा । यहाँ सम्पन्न गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि शुरुवातबाटै उत्कृष्ट प्रदर्शन गरेको एलजी एसोसिएशन नेपाल, कास्कीले जितेको छ ।
बिहीबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा एली एसोसिएशनले हैरान्स क्लब, तनहुँलाई शून्यका विरुद्ध २ गोलको अन्तरले हराउँदै गण्डकी प्रदेशको लिग च्याम्पियन बनेको हो ।
लिग विजेता बनेको एलजी एसोसिएशनले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता हैरान्स क्लबले १ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
गण्डकी प्रदेश फुटबल संघको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा गण्डकी प्रदेशका कुल ७ जिल्लाका लिग विजेताहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने