काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका अनुभवी प्याट्रीक डि विल्डे नियुक्त भएका छन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्याट्रीकको नियुक्तिबारे पनि आधिकारिक रुपमा घोषणा गरेको छ । बिहीबार एक कार्यक्रमका बीच प्याट्रीक र एन्फा महासचिव किरन राईले सम्झौतापत्रमा हस्ताक्षर समेत गरे ।
योसँगै प्याट्रीक नेपाली राष्ट्रिय महिला फुटबल टोलीको जिम्मेवारी सम्हाल्ने पहिलो प्रो लाइसेन्स विदेशी प्रशिक्षक समेत बनेका छन ।
प्याट्रीकले गत सिजनको नेपाल सुपर लिगतर्फ काठमाडौ रेजर्सको जिम्मेवारी समेत सम्हालेका थिए । त्यसो त उनले नेपाल आउनु अघि सोमालिया र रुवान्डाको राष्ट्रिय टोली, चीनको यु-२३ टोली तथा अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।
प्याट्रीकको आगमनले नेपाली महिला फुटबल मानसिक र प्राविधिक रुपमा थप बालियो र उत्कृष्ट बन्ने विश्वास गरिएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै