News
एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल

काठमाडौ । अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु-२३ एसियन कप छ्नौट फुटबल प्रतियोगितातर्फ नेपाल समूह के मा परेको छ ।
बिहीबार निकालिएको ड्र अनुसार नेपाल आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह के मा परेको हो । यो समुहको सबै खेलहरु ताजिकिस्तानमा हुनेछन । छ्नौट प्रतियोगिताका खेलहरु आउँदो सेप्टेम्बर १ देखि ९ तारीखसम्म हुनेछन ।
छ्नौट प्रतियोगितामा सहभागिता जनाउने कुल ४४ टोलीहरुलाई ११ समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहको शिर्ष टोली अर्को वर्ष हुने एएफसी यु-२३ एसियन कपका लागि सोझै छ्नौट हुनेछन । त्यस्तै उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने चार टोलीहरु पनि फाइनल चरणका लागि छ्नौट हुनेछन ।
स्मरण रहोस, प्रतियोगिताको गत संस्करणको उपाधी जापानले जितेको थियो । उज्वेकिस्तान उपविजेता बन्दा इराक र इण्डोणेसियाले क्रमशः तेस्रो र चौथो हासिल गरेका थिए ।
Post Comments
Related News
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि