News युरोपियन फुटबलमा चेल्सीको ऎतिहासिक सफलता
गोलनेपाल

काठमाडौ (एजेन्सी) । इङ्ल्याण्डको चर्चित चेल्सी फुटबल क्लबले युरोपियन क्लब फुटबलमा ऎतिहासिक सफलता हासिल गरेको छ ।

बुधबार राती युईएफए कन्फिरेन्स लिगको फाइनलमा स्पेनिस प्रतिद्वन्द्वी रियल बेटिसलाई ४-१ ले हराउँदै उपाधि जितेपछी चेल्सीले ऎतिहासिक सफलता हासिल गर्न पनि सफल भयो ।

अर्थात् युरोपियन क्लब फुटबलको पाँचै उपाधी जित्ने चेल्सी पहिलो र एक्लो टोली समेत बन्यो । चेल्सीले यसअघि युइएफए च्याम्पियन्स लिग, युरोपा लिग, युइएफए सुपर कप र युइएफए कप विनर्स कपको उपाधी जितिसकेको छ ।

Post Comments