
काठमाडौ । हङकङ र लाओससँगको दुई अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई गरिएको छ ।
सोमबार एन्फा मुख्यालयमा एक कार्यक्रमका बीच एन्फा महासचिव किरन राई, प्रवक्ता सुरेश साह, सदस्य टिकाराम लामा लगायतले टोलीलाई शुभकामना सहित विदाई गरे ।
स्मरण रहोस, नेपालले यही जुन ५ तारीखका दिन हङ्गकङ्गसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ भने जुन १० तारीखका दिन एएफसी एसियन कप छनौटतर्फ लाओसको सामना गर्दैछ ।
यस्तो छ फाइनल स्क्वाडः
किरन चेम्जोङ, बिशाल सुनार, दिप कार्की, अभिषेक लिम्बु, अनन्त तामाङ, रोहित चन्द, अन्जन बिष्ट, एरिक बिष्ट, आयुष घलान, बिमल पाण्डे, जिलेस्पी जंग कार्की, कृतिश रत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, सनिष श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुबास बम ठकुरी, योगेश गुरुङ्ग