उज्वेकिस्तानसँग दोस्रो खेलमा पनि हार्यो भारत
गोलनेपाल

काठमाडौं । एएफसी महिला एसियन कप छनौट प्रतियोगिा खेल्ने तयारीमा रहेका दुई टोली उज्वेकिस्तान र भारत बीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा पनि उज्वेकिस्तान विजयी बनेको छ ।

बैंगलुरुमा सम्पन्न पहिलो खेलमा उज्वेकिस्तानसँग १–० को हार बेहोरेको भारतले सोही मैदानमा भएको दोस्रो खेलमा पनि समान अन्तरको हार बेहोर्यो । दोस्रो खेलमा उज्वेकिस्तानका लागि ४९औं मिनटमा निलुफर कुद्रतोवाले एक मात्र निर्णायक गोल गरिन् ।

स्मरण रहोस, महिला एसियन कप छनौट प्रतियोगितातर्फ उज्वेकिस्तान र नेपाल एउटै समूह एफमा परेका छन् । यी दुई टोली बीच ५ जुलाईका दिन हुनेछ । समूह एफमा नेपाल र उज्वेकिस्तान बाहेक श्रीलंका र लाओस पनि छन् ।

त्यस्तै महिला एसियन कप छनौटतर्फ भारत भने समूह बी मा परेको छ । जहाँ भारतले आयोजक थाइल्याण्डसँगै मंगोलिया, टिमोर लिस्टे र इराकसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments