ANFA
बगान युथ क्लब सेमिफाइनलमा

जलथल (झापा) । झापाको जलथलमा जारी दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप फुटबल प्रतियोगिताको सेमी समिकरण पूरा भएको छ ।
शान्ति सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा दमकको चात्या सा एफसीमाथि शानदार जित दर्ता गर्दै कचनकवलको बगान युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
कचनकवलले ४-१ गोलअन्तरको नतिजामा दमकमाथि जित निकालेको हो । कचनकवलको जितमा आशिष चापागाईं र विशाल दर्जीले समान २२ गोल गरे भने दमकका रोशन धिमालले सान्त्वना गोल फर्काए ।
खेलको प्लेयर अफ दी म्याच कचनकवलका रक्षक विशाल दर्जी भए । उनले नगद २ हजार प्राप्त गरे । भोलि बुधबार पहिलो सेमिफाइनल खेल भाउन्ने युथ क्लब मोरङ र बुट्टाबारी युनाइटेड एफसीबीच हुनेछ ।
जलथल फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल जेठ २४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ र उपविजेताले ५१ हजारसहित ट्रफी पाउने छ ।
Post Comments
Related News
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू