
हलेसी तुवाचुङ । खोटाङकी उदाउँदो र मेहनती खेलाडी रबिका राईको उपचारमा सहयोग गर्न उनको परिवारद्वारा अपिल गरिएको छ । फुटबल खेल्ने क्रममा घुँडामा लागेको गम्भिर चोटका कारण रबिका हाल ट्रमा सेन्टर, काठमाडौंमा उपचाररत छिन् ।
हलेसी तुवाचुङ नगरपालिका ५ बोहेम्मा स्थानीय निवासी रबिकाको पिता कपिराज राईका अनुसार डाक्टरले उनको यही साउन ४ गते शल्यक्रिया गर्नुपर्ने बताएको छ । समयमै शल्यक्रिया गर्न नसके समस्या जटिल अवस्थामा पुग्ने अस्पतालले जनाएको रबिकाका पिताले बताए ।
परिवारले रबिकाको उपचारमा सकेको खर्च गरे तापनि कमजोर आर्थिक अवस्थाका कारण रबिकाको परिवारले देशविदेशमा रहेका खेलकुदप्रेमी र शुभेच्छुकहरुसँग सहयोगका लागि अपिल गरेका छन् । परिवारिक स्रोतका अनुसार रबिकाको उपचारमा करिब ४ लाख खर्च हुने बताइएको छ ।
सहयोग गर्न चाहने इच्छुक मनकारीहरुले तल उल्लेखित खाता नम्बरहरुमा सहयोग गर्न सक्नेछन्ः
RABIKA RAI
1700986239300017
Bank:Machapuchre Bank limited Branch: Suryabinayak
9844618768
- गोलनेपालकर्मी बिक्रम बानियाँ खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट सम्मानित
- अन्नपुर्ण आरसिटीद्वारा गोलनेपालका सीईओ बिक्रम थापा सम्मानित
- अब फुटबलको अन्तर्राष्ट्रिय स्टेजमा बिबा मिडिया ग्रुप
- कमलालाई भोजपुर जिल्ला फुटबल संघको आर्थिक सहयोग
- क्यान्सरसँग जुध्दै महिला खेलाडी कमला, गोलनेपालद्वारा सहयोगको अपिल