South Asia भुटान र थाइल्यान्डको युथ फुटबल टोलीबीच मैत्रीपूर्ण खेल सम्पन्न
गोलनेपाल

काठमाडौ । युथ फुटबललाई प्राथमिकतामा राखेर अघि बढीरहेको भुटानको यु-१७ फुटबल टोलीले सोमबार थाइल्यान्डको यु-१७ फुटबल टोलीसँग मैत्रीपूर्ण फुटबल म्याच खेलेको छ ।

दुई देशबीचको मैत्री सम्बन्धलाई कायम राख्न आयोजना गरिएको मैत्रीपूर्ण फुटबल म्याचमा थाइल्यान्डको युथ टोली विजयी बनेको छ ।

थिम्पु शहर स्थित चाङ्लिमिथाङ नेशनल स्टेडियममा सम्पन्न खेलमा थाइल्यान्डको युथ टोलीले भुटानको युथ टोलीमाथी १०-० को फराकिलो जित दर्ता गर्यो ।

सो मैत्रीपूर्ण खेलका अवसरमा दुबै देशका वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Pic: Bhutan FA

 

Post Comments