News स्व.लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप: शिवसताक्षी सेमिफाईनलमा
गोलनेपाल

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी एनफा रेफ्री स्व.लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगितामा शिवसताक्षी फुट्बल क्ल्ब झिलझिले सेमिफाईनलमा प्रवेस गरेको हो ।

आज सोमबार भएको तेस्रो क्वाटर्र फाईनल खेलमा सनिश्चरे फुटबल क्ल्बलाई ३/२ गोलअन्तरले पराजित गर्दै सिवसताक्षी सेमिफाईनलमा प्रवेस गरेको हो ।

खेलको पहिलो हाफमा सनिश्चरेका रेजिब सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शिवसताक्षी लागी मनिस मगरले २८ औ देव मलिकले ३२ औ र अनुज माझिले ३६ मिनेट र सनिशरेले ४३औ मिनेटमा आत्तमघाती गोल उपहार पाएको थियो ।

आदर्श युवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्रिसंघका सदस्य समेत रहेका ढुंगानाको गत बर्ष निधन भएको थियो । उनले बुद्धशान्ति तथा खेलकुद क्षेत्रलाई पूर्याएको योगदान अतुलनिय रहेको भन्दै उनको सम्झनामा क्लबले फुटबल प्रतियोगिता गरिएको हो ।

Post Comments