
नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित हासिल गरेको छ ।
कर्णाली प्रदेश प्रदेश फुटबल संघ विरुद्ध ६–० गोल अन्तरले जित निकाल्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवाती अवस्थामा दुबै टोलीको खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो । १८ औ मिनेटमा कर्णाली प्रदेश फुटबल संघले आत्मघाती गोल गर्न पुग्यो । कर्णालीका टिना रावतले आत्मघाती गोल गरेपछी एपिएफले एक गोलले अग्रता लिन सफल भयो । खेलको ३५ औ मिनेटमा एपिएफका रेनुकाले टिमका तर्फबाट पहिलो गोल गरीन । यो संगै एपिएफले दोस्रो गोलको अग्रता लियो । खेलको ३६ औ मिनेटमा एपिएफका अनिता केसीले गरेको गोलले तिन गोलको अग्रता दिलाउन सफल भयो भने खेलको ४५ औ मिनेटमा गिता रानाले गरेको एक गोलले टिमलाई चौथो गोल दिलाउन सफल भयो ।
४६ औ मिनेटमा रश्मी कुमारी घिसिङले थप एक गोल गरेर टिमलाई ५ गोलले अग्रता दिलाउन सफल भइन । कम्तिमा एक गोलको आशा सहित मैदानमा कडा मेहनत गरीरहेको कर्णालीले पुनः खेलको ५० औ मिनेटमा आत्मघाती गोल गर्न पुग्यो । दोस्रो आत्मघाती गोल पनि कर्णालीकी टिना रावतबाट हुन पुग्यो ।
कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका १० खेलाडी मैदान उतारेको थियो । गोलकिपर अञ्जना रानामगरले भने एपिएफका लागि पहिलो डेब्यू गरीन । उनी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपिएफ पुगेकी हुन् । दोस्रो हाफमा अञ्जनाको स्थान सावित्री किशनले लिएकी थिइन् । आजको खेलको म्यान अफ द म्याच रेनुका नगरकोटी घोसित हुन सफल भइन । उनलाई राष्ट्रिय महिला फुटबल टिमका कोच राजेन्द्र तामाङ, खेल प्रायोजक राजा खानका प्रतिनिधि सादाब खान र मनमाया मेमोरीयल फिजियोथेरापीका डाक्टर खेमा भण्डारीले नगर रुं ५ हजार प्रदान गरेका थिए ।
खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका कोच भगवती थापाले खेल मैदानको लेबल नमिलेका कारण धेरै पटक गोलको अवसर गुमाउनु परेको बताउदै आगामी खेल रोचक हुनेमा विश्वस्त रहेको बताइन । यस्तै क्याप्टेन अनिता बस्नेतले सोचे अनुसारको नजिजा आएपनि आफूहरुमा देखिएको कमीकमजोरी औल्याएकी थिइन । यस्तै कर्णाली प्रदेश प्रदेश फुटबल संघका कोच असिम खड्काले खेल मैदानको अभावका कारण अभ्यास गर्न नपाउँदा राम्रो नजिता नआएको बताए । उनले अब यो टिमलाई अभ्यस्त बनाएर अगाडी बढाउने बताएका छन । यस्तै क्याप्टेन संगिता अधिकारीले नेपालगन्जमा आएर यसरी खेल्न पाउनु नै आफूहरुका लागि ठुलो अवसर भएको बताएकी छिन । उनले यो खेलले अझै उत्साह थपेको र आगमी दिनमा राम्रो प्रस्तुती दिने बताइन ।
अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघकको सहकार्यमा जारी आजको यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको मिडिया संयोजक निरज गौतमले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनलमा मंगलबार भोली दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बुधबार एपिएफ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)
- प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)