News
प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)

बुटवल । बीस पचहत्तर युवा क्लब, बुटवल–७, दिपनगरको आयोजनामा यही चैत्र २३ देखि ३० गतेसम्म हुने प्रथम उपमेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
बुटवल–७ स्थित सिद्धेश्वरी खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा आयोजक बीस पचहत्तर युवा क्लब, बुटवल र सुनवल नगरपालिका, सुनवलबीच हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरुले सहभागिता जनाउने छन् ।
एसियन थाई फुड्स प्रा.लि. को मुख्य प्रायोजन तथा बुटवल उपमहानगरपालिकाको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्राप्त गनेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- शिर्ष स्थानमा ललितपुरको पकड, पोखरा रोकियो
- फर्साटिकरलाई ३०औं माछापुच्छ्रे कपको उपाधि
- ३०औं माछापुच्छ्रे कपः देवदह फाइनलमा, उपाधिका लागि फर्साटिकरसँग भिड्ने