News ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक
गोलनेपाल

ललितपुर । नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता ललितपुर सिटी फुटबल क्लबले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।

एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन। क्लबको दुई जर्सी सार्वजनिक गरिएको छ । एउटा रातो/कालो छ भने अर्को सेतो/रातो छ । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ। 

जर्सी अनावरण कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आजको दिन आफ्नो लागि खुशीको दिन रहेको बताए । उनले दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेको भन्दै यस पटक पनि उपाधि जित्न शुभकामना दिए । दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेर उन्ले सम्पूर्ण टिमलाई नेवारी भोज खुवाएको र यस पटक पनि  त्यो अवसर पाउनेमा उनी विश्वस्त छन्। 

Post Comments