ANFA
एकतप्पा गोल्डकपमा आज पनि दुई खेल हुँदै
इलाम । फाकफोकथुम ७ मा जारी चौथो एकतप्पा गोल्डकप पुरुष तथा महिला फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुनेछ ।
बुधबार पुरुषतर्फ एकतप्पा एफसी र पोखरी एफसीबीच खेल हुनेछ भने महिलातर्फ कोलबोटे एफसी र लोखुम्बा एफसीबीच खेल हुनेछ । कात्तिक १६ गते हुने पुरुषतर्फको फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार तथा महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी पाउने आयोजकका अध्यक्ष पदम योङहाङले जानकारी दिए ।
स्थानीय सिंहदेवी माविको खेलमैदानमा दीपावलीको अवसरमा क्रिएटिभ सोसियल स्पोर्टिङ क्लब फाकफोकथुम ७ ले प्रतियोगिताको आयोजना गरेको हो ।
Post Comments