
बिराटनगर । प्रभावशाली जित हात पार्दै फ्युजन फुटबल क्लब, गाईघाट यहाँ जारी पाँचौं मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलतर्फ फ्युजनले टिएफसी, इटहरीलाई ५–१ को अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । फ्युजनको जितमा रितेश तामाङले दुई गोल गर्दा सुनि खड्का, दिवस राई र दिपक मगरले समान एक–एक गोल गरे । उता पराजित टिएफसीका लागि भने सुजन मगरले एक मात्र गोल फर्काएका थिए ।
खेलमा फ्युजनका लागि दुई गोल गरेका रितेश तामाङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र ८ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल लेटाङ फुटबल क्लब र पेमा स्र्पोटिङ क्लबबीच हुने आयोजकले जानकारी दियो ।
मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगर, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १० गतेका दिन हुनेछ ।
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि