News २५औं गोधुली रनिङ कपमा वार्ड नम्बर ५ को विजयी शुरुवात
गोलनेपाल

धरान । पहिलोपटक रात्रीकालिन रुपमा शुरु भएको मोफसल कै पुरानो मध्ये एक २५औं गोधुली रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा वार्ड नम्बर ५ ले विजयी शुरुवात गरेको छ ।

धरान रंगशालामा भएको उद्घाटन खेलमा वार्ड नम्बर ५ ले वार्ड नम्बर १६ लाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । वार्ड नम्बर ५ का लागि सुजन इङ्गनाम र तिलबिक्रम लावतीले गोल गरे । पराजित वार्ड नम्बर १६ का लागि भने सरुन श्रेष्ठले गोल गरेका थिए ।

खेलमा वार्ड नम्बर ५ का तिलविक्रम लावती म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै वार्ड नम्बर ५ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र ८ गते शुक्रबारको खेल वार्ड नम्बर १० र वार्ड नम्बर १२ बीच हुने आयोजकले जानकारी दियो ।

गोधुली क्लब, धरानको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।

Post Comments