News डिसीसी कपः चन्द्रागिरी र दक्षिणकाली फाइनलमा भिड्ने
गोलनेपाल

काठमाडौं । यहाँ जारी डिसीसी कप अन्तरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा चन्द्रागिरी नगरपालिका र दक्षिणकाली नगरपालिका उपाधिका लागि भिड्ने भएका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ चन्द्रागिरीले किर्तिपुर नगरपालिकालाई १–० ले हराउँदै फाइनल प्रवेश गर्यो । चन्द्रागिरीको जितमा आयुषमान श्रेष्ठले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिणकालीले तारकेश्वर नगरपालिकालाई सडन डेथमा हराउँदै उपाधि नजिक पुग्यो । निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि टाईब्रेकरबाट समेत नतिजा निस्किन नसक्दा सडन डेथमा दक्षिणकालीले ६–५ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो ।

यही चैत्र ९ गते शनिबार हुने फाइनलमा चन्द्रागिरी र दक्षिणकाली उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments