
हेटौडा । आजबाट हेटाैडामा दशाै भेट्रान्स कप राष्ट्रिय ८ ए साइड राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हेटाैडाको हुप्रा चाैरमा सुरु भएको छ ।
पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बानेश्वर फ्रेण्डसिप भेट्रान्स क्लबले बिरगंज सिटि फुटबल क्लबलाई एक शुन्यले पराजित गरेको हो । खेलमा निर्णायक गोल गरेका बानेश्वरका हरिहर थापा खेलको म्यान अफ द म्याच घाेषित भए ।
दोस्रो खेलमा वाैद्ध भेट्रान्स क्लबले बिरगंज युथ भेट्रान्सलाई दुई शुन्यले पराजित गरेको छ । उक्त खेलको म्यान अफ द म्याच राजु कोइराला घाेषित भए ।
यसैगरी अन्तिम खेल ए बि सी भेट्रान्स र भुटनदेबि भेट्रान्स को बिचको खेल शून्य शुन्यको बराबरिमा सकिएको छ भने खराब प्रकाशका कारण पेनाल्टि सुट आउट बिहान १० बजे हुने प्रतियोगिता संयोजक मणिराज गाैतमले जानकारि दिए ।
यसअघि प्रतियोगिताको उदघाटन हेटौडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामाले उदघाटन गरेकी थिईन् ।
प्रतियोगिता २६ गते सम्म चल्ने छ । बिजेताले एकलाख पचासहजार पाच सय पचपन्न रुपैया प्राप्त गर्नेछ भने उपबिजेता टोलिले पचहत्तर हजार पाच सय पचपन्न रुपैया प्राप्त गर्नेछ । फाइनल खेल फागुन २६ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा