News रेडहर्स एफसी इलाम तेस्रो बुट्टाबारी च्यालेन्ज कपको सेमीफाइनलमा प्रवेश
गोलनेपाल

रेडहर्स एफसी इलाम झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा रेडहर्सले मोरङ्गको विराटनगर सिटी फुटबल क्लबलाई सडनडेथमा पराजित गर्यो ।

निर्धारित समय ३–३ गोलको बराबरी भएपछि निर्णयका लागि ट्राइब्रेकर रोजिएको थियो । ट्राइब्रेकरका विराटनगरका तर्फबाट समिर चौधरी, निश्चल र निवासले गोल गरे । रेडहर्सका तर्फबाट पुष्कर दाहाल, म्याग्नेट लिम्बु, विवेक र सन्देलले गोल गरी टिमलाई विजयी बनाए । खेलको प्लेयर अफ द म्याच रेडहर्कका गोलरक्षक निशान दनुवार घोषित भए । उनले नगद ३ हजार र ट्रफी पाए । भोलिको अन्तिम क्वार्टर फाइनल खेल बगान युथ क्लब झापा र न्यू स्टार फुटबल क्लब सुनसरीबीच हुने क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।

८ टिम सहभागी प्रतियोगिताको विजेतालाई २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेतालाई एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् । त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

Post Comments