News आयोजक कोहलपुर रेसिङ सहारा एफसी फाइनलमा
गोलनेपाल

कोहलपुर । आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लब, बाँके जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा कोहलपुर रेसिङले प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौंलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने कोहलपुर रेसिङले ४–३ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा कोहलपुर रेसिङ सहाराका गोलरक्षक अमानत शेख म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत फागुन २२ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल राईजिङ स्टार फुटबल क्लब, नवलपरासी र कांक्रेबिहार फुटबल क्लब, सुर्खेत बीच हुने आयोजकले जानकारी दियो ।

कोहलपुर रेसिङ सहारा फुटबल क्लब, कोहलपुर, बाँकेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २४ गतेका दिन हुनेछ ।

Post Comments