News पटिहानी बखान च्याम्पियनसिपको फाइनलमा
गोलनेपाल

चितवन । रोमाञ्चक जित हात पार्दै पटिहानी एफसी तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शारदा युथ क्लब शारदानगरलाई सडन डेथमा पराजित गर्दै पटिहानी उपाधि नजिक पुगेको हो ।

बखान मिनी रगंशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयमा दुबै टिमले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् ।

निर्धारित समयको बराबरीपछि भएको टाइब्रेकरमा पनि ३-३ को बराबरी भयो । टाइब्रेकरको बराबरीपछि भएको सडन डेथमा पटिहानी १०-९ ले विजयी भयो । रोमाञ्चक टाइब्रेकरमा नायक बनेका पटिहानीका गोलरक्षक कुमार गुरुङ प्लेयर अफ दि म्याच भए ।

Post Comments