News दोस्रो एलेभेन स्टार च्यालेन्ज कपमा डिडिवाईसी, बेलटारको विजयी शुरुवात
गोलनेपाल

त्रियुगा । शनिबारदेखि उदयपुरमा शुरु भएको दोस्रो एलेभेन स्टार च्यालेञ्ज कपमा डिडिवाईसी, बेलटारले विजयी शुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बरघट्टा खेलमैदानमा भएको उद्घाटन खेलमा डिडिवाईसीले सिसवारी युथ क्लब, सप्तरीलाई ४–१ ले हराउँदै विजयी शुरुवातका साथ अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

डिडिवाईसीको जितमा सचिन खड्काले ह्याट्रिक गर्दा थप एक गोल अनिल बस्नेतले गरे । उता पराजित सिसवारीका लागि अर्जुन राना मगरले एक मात्र गोल फर्काएका थिए ।

खेलमा डिडिवाईसीका लागि ह्याट्रिक गरेका सचिन खड्का म्यान अफ द म्याच बने । प्रतियोगिता अन्तर्गत असोज ४ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल गाईघाट युनाइटेड र रौतामाई स्पोर्टस क्लबबीच हुनेछ ।

एलेभेन स्टार युथ क्लब, त्रियुगा नगरपालिका–१०, करमगाछी, उदयपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज १० गतेका दिन हुनेछ ।

Post Comments