News
तेस्रो मच्छिन्द्र कपको खेलतालिका सार्वजनिक
केराबारी । केराबारी फुटबल क्लब, मोरङको आयोजनामा यही पुष २० देखि शुरु हुन गईुरहेको तेस्रो मच्छिन्द्र कप खुला नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
केराबारी–८, मोरङ स्थित केराबारी रंगशालामा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा रारा एफसी, धनकुटा र पानबारी एफसी, धरान भिड्ने छन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल पुष २६ गतेका दिन हुनेछ ।
केराबारी गाउँपालिका, केराबारी, मोरङ मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा