News बिर्तामोड युनाइटेड झापा सेमिफाइनलमा
गोलनेपाल

बेलबारी । मोरङको बेलबारीमा सञ्चालित प्रथम कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापाले सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई ४–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

बेलबारी नगरपालिका–३ स्थित बेलबारी फुटबल क्लबको खेल मैदानमा भएको खेलमा बिर्तामोड युनाइटेडको जितका लागि असिम कार्किले चारै गोल गरे। प्रतियोगिताको पहिलो ह्याट्रिकसमेत उनकै नाममा दर्ता भएको छ। एकै खेलमा चार गोल गरेसँगै उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ताको नाममा उनि अगाडि आएका छन उत्कृष्ट प्रदर्शन गरेका असिम कार्कि आजको खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

खेलमा सम्राट स्पोर्टिङ क्लबले पनि पहिलो हाफमा केही उत्कृष्ट अवसर सिर्जना गरेको थियो। हरी खवासको प्रहार क्रसबारमा लागेर फर्किएपछि टोली बराबरी गोल गर्नबाट चुकेको थियो। त्यसपछि पनि सम्राट स्पोर्टिङले पटक–पटक आक्रमण गरे पनि अग्रपङ्क्तिका खेलाडीले अवसरलाई गोलमा परिणत गर्न सकेनन्।

यता, बिर्तामोड युनाइटेडका गोलरक्षक अभिषेक बरालले सम्राट स्पोर्टिङका धेरै आक्रमण विफल पार्दै टोलीको जित सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेले।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल भोलि हुनेछ। आयोजक बेलबारी फुटबल क्लब मोरङले उदयपुरको गाइघाट फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

Post Comments